बृहत तीज उत्सव २०७९ को पुर्व सन्ध्यामा आज आमा समुहहरुसँग छलफल कार्यक्रम सम्पन्न ।।
रेडियो देवघाटको आयोजनामा हुने बृहत तीज उत्सव २०७९ को पुर्व सन्ध्यामा आज आमा समुहहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रेडियो देवघाटका अध्यक्ष विजयराज शर्मा भुषालको सभाअध्यक्षतामा भएको कार्यक्रममा रेडियो देवघाटले आयोजना गरेको तीज उत्सवमा वढीभन्दा वढी सहभागी टोली सहभागी गराउने विषयमा छलफल भएको हो । देवघाट गाँउपालिका–५ वडा कार्यालयमा भएको कार्यक्रममा विभिन्न आमा समुहहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि देवघाट गाँउपालिकाका प्रवक्ता एवं देवघाट ५ वडाअध्यक्ष पुर्ण बहादुर कुँबरले रेडियो देवघाटसँग सहकार्य गरेर अघि वढ्ने जनाउनुभयो । रेडियोको कार्यक्रमले वढी भन्दा वढी महिला दिदिवहिनिको सहभागिता रहने कुँबरले बताउनुभयो । सोही कार्यक्रममा विशिष्ट अतिथि रेडियो देवघाट सञ्चालक समिति सदस्य एवं भरतपुर महानगरपालिका ५ वडासदस्य विशालवावु तिमिल्सेनाले रेडियो देवघाटले विभिन्न कला र संस्कृतको सम्वद्र्धन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
छलफल कार्यक्रममा देवघाट गाँउपालिका ५ वडासचिव पविता खनाल,रेडियो देवघाट वजार प्रवन्धक गोपालचन्द्र न्यौपाने लगायत आमा समुहका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले कार्यक्रमसम्वन्धी जानकारी गराउनुभएको कार्यक्रममा रेडियोका अध्यक्ष विजयराज शर्मा भुषालले रेडियोले कला र संस्कृतिको संरक्षणमा लागि पर्नेमा जोड दिनुभएको थियो ।
तीज उत्सव २०७९ देवघाट गाँउपालिका ५ हाटबजारमा भाद्र १४ गते तीजका दिन राष्ट्रिय लोकदोहोरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठको बेजोड प्रस्तुती सहित अन्तर आमा समुह स्तरीय तीज गीत प्रतियोगिता सञ्चालन हुनेछ ।
देवघाट सार्वजनिक पुस्तकालयको २२ औ साधारणसभा तथा देवघाट सामुदायिक सिकाइ केन्द्रको १३ औ साधारणसभा तथा अधिवेशन सप्पन्न
देवघाट , भदौ १५ देवघाट सार्वजनिक पुस्तकालय का अध्यक्ष उप प्राध्यापक फणीन्द्र प्रसाद पौडेल तथा देवघाट सामुदायिक सिकाइ केन्द्र का अध्यक्ष जय कृष्ण
श्री रामजानकी बालिका आश्रमको १६ औ नियमित वार्षिक साधारणसभा एवं आय व्यय सार्वजनिक कार्यक्रम सम्पन्न
देवघाट ,भाद्र ४ लोक कल्याण सेवा प्रतिष्ठान द्वारा संचालित श्री रामजानकी बालिका आश्रम देवघाट चितवनको १६औ नियमित वार्षिक साधारणसभा तथा वर्ष २०८२/८३को
देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै !
देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै ! देवघाट भाद्र २ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन स्थानीयवासी






प्रतिकृया दिनुहोस